२०८१ मंसिर ९, आईतबार
यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता पितृ कार्यमा सरिक भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय पनि छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
Gemini: मिथुन राशी:( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
यो साता विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । घर परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
यो साता घरमा अतिथिको आगमन हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भौतिक साधन जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व जानु अघि शिव भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो सातामा रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । पदोन्नतीको सम्भावना प्रवल छ ।
शेयर बजारको लगानीले पनि लाभ नै मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनसक्छ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ ।
व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग रातो वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता कर्तव्य बोध हुने र आस्था बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी