२०८२ बैशाख ३, बुधबार
दोधारा :
झोलुंगे पुलको पिलरको टुप्पोमा चढेकी एक महिलाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको छ् । मानसिक अवस्था ठिक नभएकी ति महिला आइतबार दिउसो भीमदत्त नगरपालिका तर्फको तेस्रो अग्लो पिलको टुप्पोमा चढेकी थिइन् । महेन्द्रनगर बस्दै आएकी ति महिलाको माईत दोधारा चाँदनी हो । मोवाइल समेत बोकेर गएकी उनले प्रहरी र आफन्तले तल झर्न भनेपछि हाम फाल्ने भन्दै धम्की दिइरहेकी थिइन् । आफन्तहरु आएपछि उनलाई ललाई फकाई पिल्लरबाट तल झारेको भिमदत्त–१३ झोलुंगे प्रहरी चौकीका असई प्रताप बहादुर थापा मगरले बताए । ‘पिलरबाट तल झरेपछि टिक–टक बनाउन र रमाईलो गर्न माथि उक्लेकी हु भन्न थालिन्,’ मगरले भने, ‘तल झरेपछि फेरी पिलरमै उक्लिन थालिन्, हामीहरु सबै मिलेर समात्यौं ।’ प्रहरीले ति महिलालाई आफन्तको जिम्मा लगाएको छ । दोधारा चाँदनी नगरपालिका ६ का वडाध्यक्ष दिल बहादुर सिंजाली सहित आफन्तहरुको जिम्मा लगाएको मगरले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय