२०८१ मंसिर ८, शनिबार
पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ८८ जनाको नमुना परीक्षण गर्दा एक हजार दुई सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८३ हजार दुई सय २१ पुगेको छ । यस्तै एक हजार दुई सय ६२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार चार सय १६ पुगेको छ । यही अवधिमा थप सात जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय तीन पुगेको छ । अहिले १८ हजार आठ सय ४८ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ८५ जनाको आईसीयू र एक सय २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देशभर चलिरहेको खोप अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ मात्रा कोरोनाविरुद्धको खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले हिमाली जिल्लामा १८ वर्षमाथि उमेर समूहका सबै र अरू जिल्लामा ४५ बर्षमाथिका तथा अत्यावश्यक सेवालगायतका व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । यसैबीच पछिल्लो २४ घण्टामा सहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६१ लाख ६५ हजार ५२ र एक मात्रा खोप लगाउनेको सङ्ख्या ६७ लाख ९३ हजार चार सय ५६ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी