२०८१ मंसिर ७, शुक्रबार
जिन्दगी दिक्क लाग्छ मनमा उल्झन भएपछि,
कस्को के लाग्यो र जिन्दगी नै दुस्मन भएपछि।
विश्वासको कडीले हो सम्बन्ध कसिलो बनाउने,
सम्बन्ध नि वाक्क लाग्छ सधैं गनगन भएपछि।
निभाउनु नै उपयुक्त हुन्छ झोस्नु भन्दा सम्झिनु,
हेर्नुस खेल्नु हुँदैन बलेर आगो दनदन भएपछि।
दृष्टिकोण फरक भएर होइन परिस्थितिले हुन्छ,
भीडमा पनि डराउछ मान्छे एक्लोपन भएपछि।
आदर्शले कोहि चिन्दैन रहेछ स्वार्थी यो दुनियाँ,
बिचारले शत्रुसंग नि मित्रता हुन्छ धन भएपछि।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी