२०८१ मंसिर ८, शनिबार
दार्चुला:
व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्क विहीन बनेको छ । गएको वर्ष देखि अवरुद्ध बनेको नेपाल टेलिकमको स्काई फोनले काम नगर्दा स्थानीयवासीले समस्या भोग्नुपरेको छाङ्गरुका बासिन्दा योगेश बोहराले बताए । गएको वैशाख, जेठमा कुञ्चा सरेका स्थानीयवासीले फोन गर्न पाएका छैनन् । छाङ्गरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ, बोहराले भने, भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ । भायनेट पनि सधैँ नचल्दा समस्या हुने गरेको छ । कहिलेकाहीँ महिनौँ दिन सम्म सम्पर्क विहीन बस्नुपरेको उनले बताए । नेपाल टेलिकमको स्काई फोन चल्दैन । टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुई पटक गएर मर्मत गरे पनि स्काईले काम गर्न नसकेको स्थानीयवासी बताउँछन् । एक वर्ष छाङ्गरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन । टावरको काम भए पनि आवश्यक उपकरण नआइपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ । तिङ्कर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन । छाङ्गरुमा राखिएको स्काई टावरले तिङ्कर गाउँमा काम गर्दैन । तिङ्करका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी