२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
कञ्चनपुर क्षेत्र नम्बर १ अन्तर्गतका बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा दलित पदाधिकारीलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुन्य गरिएको भन्दै नेता कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । नेपाली काँग्रेस को १४औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा हालै सम्पन्न वडा र पालिका अधिवेशनबाट कञ्चनपुर क्षेत्र नम्बर १ का ४ वटै पालिकाका ३६ जना दलित नेता कार्यकर्ताहरूले क्षेत्रीय सभापतिलाई सामूहिक राजीनामा पेस गरेका हुन् । शनिवार कञ्चनपुर क्षेत्र नम्बर १ अन्तर्गतका बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा सम्पन्न भएको वडा तथा पालिका अधिवेशनबाट पालिका स्तरीय समितिको मुख्य पदाधिकारीमा एक जना पनि दलित नअटाउनु र पुरै प्यानल विजय हुँदा समेत दलित उम्मेदवार मात्रै पराजित हुनु दलित समुदायलाई षड्यन्त्र र अपमान भएको ठहर गर्दै दलित क्रियाशील सदस्यहरूले गम्भीर आपत्ति समेत जनाएका छन् । दलित समुदायको हकहित र अधिकार सुनिश्चितताका लागि अहोरात्र खटिएको स्मरण गराउँदै उनीहरूले नेतृत्व पङ्क्तिसम्म पहुँच स्थापित हुन नसक्दा दलितका सवालहरू बुलन्द हुनेमा आशङ्का व्यक्त गरेका छन् । नेपाली काँग्रेसका दलित क्रियाशील सदस्यहरूको शनिबार बेलौरीमा बसेको बैठकले पार्टी पङ्क्तिमा केन्द्रीय तहदेखि वडा तहसम्म अनेक प्रकारका राजनीतिक विभेद कायमै रहेको निष्कर्ष निकाल्दै अब देखि तटस्थ रहने निर्णय गर्दै क्षेत्रीय सभापति समक्ष राजीनामा दिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी