२०८१ मंसिर ६, बिहिबार
डोटी:
उच्च आदालत दिपायलमा गत आर्थिक वर्षमा कूल एक हजार १५ मुद्दा दर्ता भएकामा ५६६ फछ्र्यौट भएका छन् । अदालतमा परेका देवानी मुद्दाअन्तर्गत लिखित बदरमा १५ मा सात मुद्दा फछ्र्यौट भएका छन् भने आठ मुद्दा फछ्र्यौट हुँन बाँकी छन् । यसैगरी विभिन्न कागजात अपुग भएका कारण ४०९ मुद्दा फछ्र्यौट हुन बाँकी छन् । अंश मुद्दामा २२ परेकामा १३ फछ्र्यौट भएका छन् भने नौ मुद्दा बाँकी, फौजदारी अन्तर्गत जालसाजी मुद्दामा ६४ मुद्दा दर्ता भएकामा ३३ फछ्र्यौट भएका छन् भने ३१ मुद्दा बाँकी रहेका जनाइएको छ । यसैगरी रिट पुनरावलोकनमा २८ मुद्दा दर्ता भएकामा १८ फछ्र्यौैट भएका छन् भने १० फछ्र्यौट हुँन बाँकी छन् । वन्यजन्तु लगायतका कसुरमा कुल ४४ मुद्दामा ३३ फैसला भएका छन् भने ११ मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । अदालतको अपहेलना, बालबालिका तथा राजस्व चुहावटमा दर्ता भएका सबै मुद्दा फछ्र्यौट भई न्याय सजाय समेत तोकि सकिएको छ । उच्च अदालतमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी कैलाली जिल्लाका रहेको बताइएको छ । गत आवमा लागुऔषधका मुद्दा सबैभन्दा बढी दर्ता भएका थिए । लागुऔषध ओसारपसारदेखि सेवनका घटना गएका आवमा कूल ८६ दर्ता भएको पाइएको छ । कूल ८६ वटा लागुऔषधका मुद्दा दर्ता भएकामा ४४ वटा फछ्यौट भएको र अब ४२ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका रजिष्ट्रार रणबहादुर कटवालले जानकारी दिए । उनका अनुसार दर्ता भएका ती मुद्दामा खैरो हिरोइन देखि गाँजा तथा चरेस सम्मका छन् । यसैगरी दोस्रो नम्बरमा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । अदालतमा जबर्जस्ती लगायतका करणी सम्बन्धीका मुद्दा कूल १९६ दर्ता भएकामा ९९ मुद्दा फछ्र्यौट भएका छन् भने ९७ फछ्र्यौट हुन बाँकी छन्। तेस्रो नम्बरमा ज्यानसम्बन्धी १६४ मुद्दा दर्ता भएको उनले बताए । उनले भने, “उच्च आदालतमा सबैभन्दा बढी लागुऔषधका मुद्दा छन् र तेस्रो नम्बरमा ज्यान सम्बन्धी मुद्दा दर्ता भएका छन्, ज्यान सम्बन्धीका १६४ मुद्दा दर्ता भएकामा ९२ फछ्र्यौट भइसकेका छन्, ७२ बाँकी छन्।” अदालतको न्याय सम्पादनलाई चुस्त तथा थप प्रभावकारी बनाइएको कामु मुख्य न्यायाधीश तेजबहादुर कार्कीले जानकारी दिए । उनले भने, “पछिल्लो समय अदालतले समयमै मुद्दाको किनारा पनि चाँडै लाग्ने गरेका कारण पीडित भएकाले मुद्दा दर्ता गराउने सङ्ख्या बढेको हो ।”लागुऔषध नियन्त्रण गर्न यहाँका प्रहरी प्रशासनले लामो समय देखि प्रयास गरे पनि खुला सीमाका कारण नियन्त्रण तथा रोकथाम गर्नमा समस्या हुँदै आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिममा खैरो हिरोइन, फेन्सिडोल, ब्राउन सुगर तथा गाँजा, चरेसका सेवनकर्ता र ओसारपसार गर्नेको सङ्ख्या अधिक रहेको बताइएको छ । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी