२०८१ मंसिर १०, सोमबार
काठमाडौं:
नेपालीहरुको महान चाड बडा दसैँको दोस्रो दिन शुक्रवार ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै छ । बडा दसैँ अन्तर्गत नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ । नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । ब्रह्मचारिणी देवीलाई ब्रह्मविद्याकी जननीका रूपमा उपासना गर्ने गरिन्छ। ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिले वेद र धर्मशास्त्रअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मको प्राप्ति हुने र साधनाको परम पदमा पुग्न सकिने प्रसङ्ग शास्त्रमा उल्लेख गरिएको छ नवरात्रिभर विशेष साधना गरी मनाइने पर्वको दोस्रो दिनलाई द्वितीयाका नामबाट पनि चिनिन्छ। द्वितीयाका दिन कोट, मन्दिर वा पूजाकोठामा दीप, कलश, गणेश सहित ईशान कलश वा मध्यभागमा स्थापना गरिएको देवीको मूर्तिमा पहिलो दिनजस्तै सामग्री तयार पारी ब्रह्मचारिणीको भक्तिभावका साथ पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा दैवीशक्तिका रुपमा नारी शक्तिको उपासना सृष्टिको प्रारम्भदेखि नै सुरु भएको मानिन्छ । आजै महाकाली, महालक्ष्मी, महासरस्वतीकी प्रतिमूर्ति ‘त्रिमूर्ति’ नाम गरेकी कन्यालाई दुर्गा स्वरुपका रुपमा पूजा गर्दै परिधानीय वस्त्र सहित अलङ्कार र दक्षिणा दिई सम्मान गरिन्छ । रातो वस्त्र धारण गरी भगवतीलाई रक्तचन्दन, रक्ताक्षत, रक्तपुष्प , बेलपत्र, रक्तवस्त्र चढाई अर्चना गर्नाले कामना पूर्ण हुने विश्वास छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी