२०८१ मंसिर १०, सोमबार
बैतडी:
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदन अनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो। उनले भने, “पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार तीन हजार ८६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्याङ्क अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्छ ।” केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार सङ्ख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ । भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालित थिए । मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार सङख्या पुगेको थियो । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी