२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
कञ्चनपुरमा वडा अध्यक्षले आफुले पाउने सेवा सुविधा वाफत तलब भत्ताको रकम गरिब असाहय वृद्धवृद्धाहरुलाई वितरण गरेका छन् । विगतका वर्षहरु जस्तै यो वर्षमा पनि भीमदत्त नगरपालिका १ का वडा अध्यक्ष आषेफ कुँवर “भुन्टु” ले करिब ४ लाख बराबरको रकम गाँउमा रहेका वृद्धवृद्धाहरुलाई वितरण गरेका हुन् ।
सोमवार दशैको अवसर पारेर गाँउमा रहेका असाहय गरिब अपांगता भएका वृद्धवृद्धाहरुलाई रकम बाडेका छन् ।
जनप्रतिनिधी भएको वर्षदेखी नै आफनो गाँउमा रहेका असाहय गरिब वृद्धवृदाहरुको लागि सहयोग स्वरुप आफुले पाएको सेवा सुविधा वाफतको रकम वितरण गर्दै आएको उनले बताए । आफनो वडामा मात्रै किन वितरण गर्नु भयो भन्ने प्रश्नको जवाफमा वडा अध्यक्ष कुँवरले आफुलाई माया गरेर जनप्रतिनिधी बनाउने वृद्धवृद्धाहरु यही रहेको र अन्य वडामा पनि रहेका अध्यक्षहरुले आफुले गरेको जस्तै कार्यको सुरुवात गर्नुपर्ने बताए ।
यो दशैँको बेलामा आफुहरुलाई वडा अध्यक्षले रकम सहयोग गरेकोमा धेरै खुशस् लागेको भीमदत्त नगरपालिका १ की स्थानीय बर्ष १ सय ५ की दुर्गा विष्टले बताईन् । “आफनो छोराहरुले अहिलेका बुढापाखाहरुलाई माया पनि गर्दैनन् ।” उनले भनिन, “यो बेलामा मर्ने उमेरमा पनि काम गर्न सकिदैन अध्यक्षले दिएको सहयोगले आफुलाई धेरै राहत र खुशी मिलेको छ ।” धेरै वडामा अध्यक्षहरुले गरेको भ्रष्टाचार, रकम हिनामिना तथा अन्य कामहरु गरेको सुन्दा दुःख लाग्छ तर, आफनो वडामा रहेका अध्यक्षले गरेको काम प्रति सदैव गर्भ महसुस हुने धना देखी जोशीले बताईन् ।
सबै ठाँउमा यस्तै वडा अध्यक्ष हुनुपर्ने र सबैको भलो हुनेकाम गर्नको लागि आफनो छोरा जस्तै माया गर्ने आषेफ कुँवरबाट सिक्नु पर्ने स्थानीय ८९ वर्षका धनमल शाहीले बताए । दशैको बेला हामीहरुलाई वडाध्यक्षले आफनो सेवा सुविधाको रकम पाउदा हर्षित भएको बृद्धा उमाकला भण्डारीले बताईन् । वडामा रहेका १ सय ४२ जना बृद्धबृद्धा तथा अपांगता भएकाहरुलाई ३ लाख ९२ हजार रकम बितरण गरेको वडा सचिव हर्कबहादुर अधिकारीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी