२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर:
दार्चुलामा नेपाली कांग्रेसका एक जना वडा उपसभापति एमालेमा प्रवेश गरेका छन् । जिल्लाको महाकाली नगरपालिका–२ का नेपाली कांग्रेसका वडा उपसभापति शंकर सिंह डोबाल एमालेमा प्रवेश गरेका हुन ।
उनी महाकाली नगरपालिका–२ मा शनिवार सम्पन्न एमालेको वडा अधिवेशनमा सचिवमा चयन भएका छन् । यसअघि ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका थिए ।
‘उहाँ (डोबाल)ले पार्टी छोड्ने भन्ने सभापति ज्यू, हामी कसैलाई पनि जानकारी दिनु भएन ।’ नेपाली कांग्रेसबाट निर्वाचित महाकाली नगरपालिका–२ का वडासदस्य गणेश सिंह फरालले भने, ‘एक्कासी हिजो एमालेको वडा सचिव बन्नु भयो ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी