२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । डडेल्धुराका युवा, समाजसेवी तथा स्थानियहरुले प्रकाश विनय मल्ललाई सामाजिक क्षेत्रमा आएर काम गर्न आग्रह गरेका छन् । जिल्लामा रहेका बिभिन्न क्षेत्रमा रहेर कार्य गरिरहेका स्थानिय तथा युवाहरुले समाजमा रहेको बिसंगती, भ्रष्टाचार विरुद्धको कार्य, विकास गर्न आग्रह गरेका हुन् ।
प्रकाश विनय मल्ले अहिले डडेल्धुराको अमरगढी नगरपालिकामा रहेका ११ वडाका बिधालयमा ५५ हजार ५ सय ५५ रुपँैयाको अक्षय कोषको निर्माण तथा बिभिन्न बिधालयमा शैक्षिक सामग्री, पुस्तकालय, गरिब अति विपन्न टुहुरा विधार्थीहरुलाई ड्रेस,कापि किताब, स्वास्थ्य क्षेत्रमा र विकासको क्षेत्रमा सहयोग गरेका छन् । उनले गरेको सहयोगले अहिले डडेल्धुराबासी खुसी भएका छन् ।
अमरगढी नगरपालिका ५ का पूर्वशिक्षक तथा स्थानिय, समाजसेवी, वुद्धिजिवी, रतन रोकाले प्रकाश विनय मल्लले गरेको शैक्षिक स्वास्थ्य विकास, सामजिक सेवा तथा सहयोगले डडेल्धुराका स्थानियहरु अति नै प्रभावित तथा सम्मान गरेको उनले बताए ।
मल्ल जस्ता युवाहरु समाव सेवामा समुदायको परिवर्तनका लागि आउनु भयो भने सबैले साथ र सहयोग रहने तथा कुनै पार्टिमा लागेर आउनु भयो भने वा पार्टीको झण्डा बोकेर आउनु भयो भने सहयोग नहुने निस्वार्थ रुपमा कसैको पनि झण्डा नबोकेर स्वतन्त्र आउनु भयो भने सहयोग गरिने बताए ।
अमरगढी नगरपालिका ४ का स्थानिय युवा तथा बैंक म्यानेजर योगेन्द्र भण्डारीले सहयोगी मन भएका मल्ललाई समाजमा आएर अझ बढी सकारात्मक कार्य गर्न डडेल्धुरामा आउन आग्रह गरे ।
सानै देखी मिहिनेती सहयोगी भावना भएका मल्लले स्थानियहरुले आफुले चाहेको कार्ये गरेकाले यो समयमा उहाँको खाँचो रहेको उनले बताए । पछिल्लो समय बिभिन्न पाटिका नेता हरुले आफनो आसेपासे तथा आफनो आफन्तकोलागि मात्रै कार्य गरेको पाइएको अवस्थामा अहिले निश्वार्थ रुपमा समाजमा कार्य गरेको पाइएको भएकाले समाजको विकासको लागि कार्य गर्न आग्रह गरे ।
नेपाल प्रहरीको पूर्व प्रहरी निरिक्षक लालबहादुर सेडाले जापान जस्तो शहरमा बसेर आफनो दुख पसिना बगाएर गरेको सहयोगलाई स्थानियले कहिले पनि नबिर्सिने बताए ।
समाजको लागि बिना कुनै स्वार्थ बोकेर डडेल्धुराको विकासको लागि लाग्नु भएका युवा समाजसेवी मल्लले पछिल्लो समयमा समाजमा रहेका दिनदुखी असाहय टुहुरा वालवालिका शैक्षिक क्षेत्रमा गरेको सहयोगले पनि स्थानियहरुले प्रकाशलाई पहिचान गरेको र अबको समाज परिवर्तन गर्न तथा देशकै आमुल परिवर्तनको लागि मल्ल आवस्यक रहेका उनले बताए । बिभिन्न राजनितीज्ञ हरुले गरेको आफनो आफन्तलाई भरण पोषण बाहकको कार्य नगरेको उनले बताए ।
विदेशमा रहेर पनि आफनो माटो आफनो जन्म थलोलाई मल्ले देखाएको माया तथा सदभाव सहयोगले नै थाहा हुन्छ की उनि डडेल्धुराको विकासको लागि निस्वार्थ रुपमा लागेको अमरगढी नगरपालिका ५ का स्थानिय युवा श्याम सिनालले बताए ।
सामान्य बर्ग परिवारको युवाले मिहिनेत गरेर आफनो कमाई को केही अंश समाजको सेवामा समर्पित र्ने युवाको मन ठुलो रहेको र समाजमा सेवका गर्ने भावना रहेको प्रस्टाएको उनले बताए । डडेल्धुरामा पनि विकासकोलागि यस्तै युवाहरुको खाँचो रहेको र सामाजिक क्षेत्रमा आएर काम गर्न ईच्छा गरेमा आफुले पूर्णमा रुपमा सहयोग गर्ने सिनालले बताए ।
गन्याँपधुरा गाँउपालिका १ का स्थानिय तथा होटेल व्यावसायी भोजराज अवश्थीले प्रकाश विनय मल्लले गरेको कामको जतिपनि प्रशंसा गरेपनि कम रहने बताए । उहाँले गरेको सामाजिक काम अहिले सम्म कसैले पनि नगरेको बताए ।
धेरै युवाहरु अहिले पनि विदेशमा रहेका छन तर कसैले पनि आफनो क्षेत्र आफुले जन्मेको ठाँउमा सहयोग नगरेको यो बेलामा मललले गरेको सहयोग मायालाई स्थानियले बिर्षने छैनन यदी ५० जना मल्ल जस्तै युवा हुने हो भने नेता कार्यकर्ता को आवस्यक्ता नरहने बताए ।
यस्तै अर्का स्थानिय तथा युवा माछापुच्र्छे बैंकका ब्रान्च म्यानेजर अमरगढी ४ का मिन राज भटटले आफनो क्षेत्रको लागि गरेको सहयोग पहिलो पटक देखेको बताए । धेरै व्यक्तिहरु अहिले पनि विदेश तिर छन् र एकजना विनयको मात्रै नाम किन आई रहेको छ त उहाँले समाजमा काम गरेको भएर नाम आयो नत्र किन आउँथ्यो उनले भने,
समाजमा रहेको विकासलाई अगाढी बढाउनको लागि अहिले गरेको काम जस्तै पछि पनि काम गर्न डडेल्धुरामा अन्य युवाहरुको पनि माग रहेको उनले बताए ।
अमरगढी नगरपालिका ५ का युवा व्यावसायी तथा स्थानिय महेश कुमार क्षेत्रीले अहिलेको २१ औ शताब्दीमा विदेशमा रहेर आफनो जन्मभुमीको माया ममता र विकासको काममा आफुले पसिना बगाएर मिहिनेत गरेर कमाएको पैसाले दिनदुखी तथा दलितहरुको शिक्षा, खानपिन तथा उज्जव भविश्यको लागि लाखौ रुपैँया खर्चेका डडेल्धुराका युवा समाजसेवी सफल उद्यमी व्यापारी बिनय (प्रकाश ) मल्लको डडेल्धुरामा खाँचो रहेको उनले बताए ।
अमरगढी नगरपालिका ४का स्थानिय युवा व्यावसायी निरज रावलले आफुले कमाएको दुख गरेको रकमले स्थानिय युवाहरु ग्लत बाटोमा नजाउन लागु पदार्थ सेवनमा नजाउन भन्न को लागि युवा खेलाडीहरुलाई गरेको सहयोग अतुलनिय रहेको बताए ।
स्थानिय सरकारले कुनै पनि सहयोग नगरेको यो बेलामा स्थानिय युवाहरुलाई खेलकुदको माध्यमबाट युवाहरुलाइै अगाढी बढाउनको लागि गरेको सहयोग र समाजमा गरेको सहयोग प्रती आभार दिन चाहेको उनले बताए । सामाजिक क्षेत्रमा आएर काम गर्न चाहेमा सबै युवाले साथ र सहयोग गर्ने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी