२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
कञ्चनपुरमा कोरोना संक्रकितको संख्या बढदै जान थालेको छ । आम सर्वसाधारणहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना नगरेकाले संक्रमितको संख्या बढदै जान थालेको चिकित्सकहरुले बताएका छन् । सोमवार १६ जनामा संक्रमण पुष्टि भएको छ । सोमवार कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा १० जना, लालझाडी गाँउपालिकामा ४ जना र बेलोरी र कृष्णपुरमा १ (१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटट जानकारी दिएका छन् । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय १५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६१ पुगेको छ । यस्तै, आज १५ जनाले कोरोना जितेका छन् । योसंगै कञ्चनपुरमा कोरोनालाई जित्नेको संख्या ८ हजार ६ सय २६ रहेको छ भने, अहिले सम्म कोरोना बाट मृत्यु हुनेको संख्या २ सय २ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी