२०८१ मंसिर १०, सोमबार
काठमाण्डौ:
सरकारले सुदूरपश्चिमका प्रदेश प्रमुखलाई फेर्न निर्देशन दिएको छ । तीन वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख फेर्ने निर्णय गरेको हो । बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रदेश १ को प्रमुखमा सिफारिस खापुङ जनता समाजवादी पार्टी र कर्णालीमा सिफारिस परियार माओवादी केन्द्र निकट हुन् । सुदूरपश्चिममा सिफारिस भएका जोशी कांग्रेसका पूर्वसांसद हन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी