२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर :
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका ७ हल्दुखालका ७० बर्षिया महिलाको मंगलवार राती ११ बजेर ३० मिनेटमा मृत्यु भएको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । कार्तिक २० गते भर्ना भएकी उनको २२ गते कोरोना रिपोर्ट पोजेटिभ आएको र उपचारको क्रममै मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायले जनकारी दिएका छन् ।अहिले पनि कोरोना संक्रमण कायमै रहेको सम्पुर्ण आमजनमानसले स्वास्थ्य सुरक्षाको उचित रपमा पालना गरिनु पर्ने डा. रोकायले बताएका छन् ।् कञ्चनपुरमा यो सहित कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या २ सय ३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिएकी छिन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी