२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर: गौरीगंगा नगरपालिका उपमेयर राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको खेलमैदानमा बुधबार भएको क्वाटरफाइनल चरणको पहिलो खेल गौरीगंगा नगरपालिका र रोङ्ग गाउँपालिका बिच भएको थियो जसमा दुबई टिमले निर्धारित समयमा १-१ गोलको बराबरी खेल्दा खेल ट्राइबेकरमा पुगेको थिए । जसमा गौरीगंगा नगरपालिका ३-२ गोल अन्तरले रोङ्ग गाउँपालिका लाई पराजित गर्दै आफ्नो सेमिफाइनलको स्थान पक्का गरेको हो।
गौरीगंगा नगरपालिकाको जितमा लिला जोशी नायक बन्दा जित निकाल्न सफल भएको थिए । उनी खेलको प्लेयर अफ दि म्याच समेत घोषित भइन । यस्तै आज नै भएको दोस्रो क्वाटरफाइनल खेलमा कैनकै नगरपालिकाले गोदाबरी नगरपालिका कैलाली लाई ३-० गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश भएको छ। उक्त खेलमा कैनकै नगरपालिकाकि जर्सी नम्बर ११ कि दिपा शाही प्लेयर अफ दि म्याच घोषित भइन्।
सेमिफाइनलमा चार वटा टिमले आफ्नो स्थान सुरक्षीत गरेको छ । जसमा कैलाली उप-महानगरपालिका धनगढी ,ललितपुर महानगरपालिका ,गौरीगंगा नगरपालिका कैलाली र कैनकै नगरपालिका रहेका छन् । सेमिफाइनल खेल कार्तिक २६ गते ललितपुर महानगरपालिका र कैनकै नगरपालिका बिच १२ बजे र दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशकै दुई टिम गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिका बिच दिउँसो ३ बजे एन्फा मुख्यालयको खेलमैदान हुने छ।
लिग चरणमा सहभागि ३१ टोलिमध्ये १० टोलि नकआउट चरणका लागि छनौट भएको थियो ।प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख पाउनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी