२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीका स्थापनाको प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन इआइएको काम सकिएको छ । दोधारा चाँदनीको मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खा बन्दरगाहको कागजी काम समेत सकिएको वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन मन्त्रालयमा भइरहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।
“केही समय अघि मात्रै इआइएका लागि फिल्डमा काम थालेका थियौँ”, निर्देशक गजुरेलले भने, “सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन र गुरुयोजना समेत बनिसकेको छ ।” उनले इआइए स्वीकृति पछि अन्य काम थालिने बताए । विसं २०६२÷०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खाबन्दरगाह बनाउने प्रस्ताव तत्कालिन सरकारले अघि सारेको थियो । यहाँ स्थापना हुने सुक्खा बन्दररगाह र एकीकृत जाँच चौकीको गुरुयोजना समेत बनिसकेको छ ।
तीन वर्ष दश महिनाभित्र सुक्खा बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु सात अर्ब लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले बताए । सुक्खाबन्दरगाह भित्र कष्टम, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्यांक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेलवे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्ड लगायत संरचना बन्नेछन् ।
त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सुक्खाबन्दरगाह निर्माणमा ढिलाइ गर्न नहुने बताए उनले दशक अघिदेखि सुक्खा बन्दरगाह निर्माणको तखबर रहे पनि सुरु हुन ढिलाइ भइरहेको बताए । “सुक्खाबन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिमकै समृद्धिका लागि ठूलो टेवा पुग्छ ।” अध्यक्ष मल्लले भने, “सुक्खा बन्दरगाहको निमार्णमा निजी क्षेत्र सहयोग गर्न तयार छ ।”रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी