२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर :
कञ्चनपुरमा एमाले , जसपा तथा नवआगन्तुक गरी ६७ युवाले एकिकृत समाजवादी पार्टीमा समाहित तथा प्रवेश गरेका छन् । शुक्रवार नवयुवाहरु जसपा र एमाले पार्टीका सदस्यहरुले पार्टी त्यागेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । दोधारा चाँदनी नगरपालिकामा शुक्रवार नगर भेलाको आयोजना गर्दै जसपाको सिंगो कार्य समिती, एमाले पार्टीका सदस्यहरु तथा अन्य नवयुवाहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजवादीका केन्द्रिय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज गरिमा शाहले टिका लगाएर एमालेबाट समाहित भएका तथा नवयुवाहरुलाई पार्टीमा प्रवेश तथा स्वागत गरेकी थिईन् । केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमाले त्यागेर समाजवादीमा समाहित भएको एमाले त्यागेर एकिकृत समाजवादीमा समाहित भएका भीम बहादुर सुनारले बताए । सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित भएको जिकिर गरे । जसपाबाट एकिकृत समाजवादीमा समाहित हुनेमा दोधारा चाँदनी नगर कार्यसमितीका अध्यक्ष तथा प्रदेश कार्य समिति सदस्य धर्मराज जोशी, उपाध्यक्ष तथा प्रदेश कार्य समिति सदस्य सुका धामी, धनमती सुनार, तर्कराज भटट “राजु” जिल्लाका कार्य सदस्य उपसचिव दिव्यदेव ओझा, जिल्ला कार्य समिति सदस्य,रामदत्त पन्त, बलराम सुनार, सचिव डम्वर पन्त, उपसचिव गोकर्ण जोशी, ममता सुनार, कोषध्यक्ष जोगेन्द्र सुनार, रहेका छन् । यस्तै, सदस्यहरुमा टिकाराम पन्त, बिरजित धामी, कृष्णानन्द जोशी, कृष्ण धामी, रमेश बम,शंकर सुनार, नारद भटट, प्रकाश बम, अर्जुन धामी, तर्कराज भटट, सुनिल जोशी, लक्ष्मण धनाडी, भुपेन्द्र चन्द, राजु धामी, प्रकाश धामी, नरेन्द्र भटट रहेका छन् । एमालेबाट एकिकृतमा समाहित हुनेमा मानबहादुर सुनार, दिपक सुनार, नवल सिंह सुनार, प्रेमबहादुर सुनार, एम.बि. सुनार रहेका छन् । ऋहिले दोधारा चाँदनी नगरपालिकाबाट सुरुवात भएको र अब अन्य पालिकाबाट पनि युवाहरु जाग्ने र एकिकृत समाजवादी पार्टीलाई नै रोज्ने जसपाबाट एकिकृत समाजवादीमा समाहित भएका दोधारा चाँदनी नगर कार्यसमितीका अध्यक्ष तथा प्रदेश कार्य समिति सदस्य धर्मराज जोशीले बताए । युवाशक्तिले देश परिवर्तन गर्नको लागि सशी र गलत छुटायाएर तथा देशलाई सहि दिशातिर अग्रसर गराउनको लागि एकिकृत समाजवादीलाई आफनो आडमा राखेर अगाडी बढनु पर्ने उनले बताए । नगर भेलाका कार्यक्रमको अध्यक्षता एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य नन्दलाल सुनारले गरेका थिए भने, कार्यक्रममा एकिकृत समाजवादी कञ्चनपुर ईन्चार्ज लालबहादुर खडका, सह ईन्चार्ज प्रकाश रावल, कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष जिवन राज थापा, लगायतले सम्बोधन गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी