२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
मदन चन्दले सुदूर पश्चिममा नेपाली कांग्रेसका तर्फबाट नेपालको प्रजातन्त्र पुनस्थापनाका लागि बिभिन्न किसिमका समस्याहरुसँग झेल्नु परेको। । सरकारका विरुद्ध बोल्नेहरुलाई जेल सजाय तथा बिभिन्न किसिमका यातना दिइन्थ्यो तर उनको साहसिक नेतृत्व डगमगाएन । उनी त्यतिबेला सरकारको आँखामा थिए । त्यसैले उनी प्रायःजसो घरमा बस्दैनथे । हरेक बेला उनलाई खोज्नका लागि प्रहरीहरु आइरहने भएकाले कति दिन भोकै बाहिर बस्नुपरेको त अरुको घरमा बास बस्नुपरेको थियो । भोकप्यास त्यागेर देश र जनताको लागि लड्ने प्रजातन्त्रका सेनानी चन्द ठूलो संघर्षका सारथी भएपनि मुलधारको नजरमा सधैँ गुमनाम रहेको रमेश पन्त । ‘प्रजातान्त्रिक योद्धा, साहित्यकार तथा समाजसेवि मदन चन्दले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा कुनै किसिमको प्रलोभन नराखी सदा समाजको सेवामा लागिरहेका थिय,रमेश पन्त
कञ्चनपुरमा लामो समयदेखी प्रजातन्त्र रक्षाको लागि योगदान दिएका प्रजातन्त्र सेनानी मदन चन्द र २०४६ साल पूर्व प्रजातन्त्र रक्षार्थ जेल परेका आफनो जिवनको आहुती दिएका सम्मानित व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान गरिने भएको छ । प्रजातन्त्र सेनानी मदन चन्द सहितका नागरिकलाई कञ्चनपुरमा अभिनन्दन गरिने भएको छ । प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समितिले प्रजातन्त्र सेनानी मदन चन्द सहितका नागरिकलाई कञ्चनपुरमा अभिनन्दन गरिने भएको हो । मंगलबार महेन्द्रनगरमा एक समारोहका विच प्रजातन्त्र सेनानी मदन चन्द सहितका योद्धाहरुलाई नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ । २०४६ सालपुर्व नेपालको प्रजातान्त्रिक आन्दोलनमा संघर्ष गरेका चन्द सहितका योद्धाहरुलाई अभिनन्दन गरिने छ ।
प्रजातन्त्र सेनानी चन्दको ३० कार्तिकमा ७९ बर्षको अवसर पारेर नागरिक अभिनन्दन गरिने छ । रथयात्रा सहित चन्दको ग्रन्थ बिमोचन समेत गरिने भएको छ । चन्दले समाजिक क्षेत्रमा पु¥याएको राजनीतिक, समाजिक ऐतिहासिक आन्दोलनलाई उच्च सम्मान गर्दै सम्मान गरिन लागिएको छ । मनुमदन साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य शमरजङ्ग बहादुर चन्दले रथयात्रा सहित सम्मान गरिने बताए । प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य तथा सहप्राध्यापक श्याम सुन्दर ढकालले चन्द सहितका प्रजातन्त्र पूर्नस्थापनाका लागि योगदान पुयाएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यबाट थप उत्प्रेरणा मिल्ने बताए । चन्दको ग्रन्थलाई आचार्य घनश्याम लेखक प्रधान सम्पादक र साहित्यकार कविराज भट्टले सम्पादन गरेका थिए । एक समारोहका विच ग्रन्थलाई समेत बिमोचन गरिने छ । अहिले पनि हाम्रो देशमा मरणोपरान्त पछि बिभिन्न सम्मान तथा बिभिन्न उपाधी दिएर सम्झने परिपाटी यथावत नै रहेकाले उक्त परिपाटीलाई परिवर्तन गर्न जिवित नै रहेको बेलामा आफनो देशका लागि दिएको योगदानको कदर गर्दै जिल्लामा रहेका ३० भन्दा बढी प्रजातन्त्र रक्षार्थको लागि जेल परेका व्यक्तिहरुलाई सम्मान गरिने उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी