२०८१ मंसिर ९, आईतबार
काठमाण्डौँ । भारतको राजधानी नयाँ दिल्लीमा नागरिकहरुलाई केही समय राहतको सास फेर्न दिने भन्दै सरकारले एक हप्ताका लागि स्कुल लगायत सबै सरकारी कार्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । यसमा निजी अफिसहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ ।
सडकमा सवारी साधनको सङ्ख्या घटाउनका लागि यस्तो गर्न लागिएको हो । यसले गाडीबाट निस्कने धुँवाले वायु प्रदुषणमा पुग्ने योगदान कम गराउने उनीहरुको अपेक्षा छ । त्यस्तै निर्माण कार्य सम्बन्धी गतिविधि पनि निषेध गरिएको छ जसले धुलोको प्रदुषण कम गर्नेछ । स्कुल बन्द भए पनि अनलाइन क्लास जारी रहने बताइएको छ जसले बालबालिकाहरुको पढाइमा कुनै असर पुर्याउने छैन । महामारीका कारण स्कुलहरु लामो समय बन्द रहँदा विद्यार्थीहरले पहिले नै धेरै पढाइ गुमाइसकेका छन् ।
दिल्लीका मुख्य मन्त्रीले शनिबार बेलुका घोषणा गर्दै अहिलेका लागि पूर्ण लकडाउनमा नगएको तर छोटो समयसम्म सबै बाहिरी क्रियाकलाप बन्द गर्ने सम्बन्धी योजना बनिरहेको बताएका हुन् ।
हाल दिल्ली सरकारले छोटो समयका लागि शहर लकडाउन गर्ने सम्बन्धी प्रस्ताव सर्वोच्च अदालतमा पेश गरिरहेको छ ।अहिलेका लागि चाहिँ दिल्लीलाई दुई दिन पूर्ण लकडाउन गर्नेबारे विचार भइरहेको छ ।
दिल्लीको हावाको गुणस्तर यतिबेला अत्याधिक खराब स्थितिमा रहेको छ । धुँवा धुलोले सास फेर्न र आँखा हेर्न मुस्किल बनाइदिएको छ ।
टाइम्स अफ इन्डियाबाट
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी