२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको हो ।
उपमहानगरपालिका ६ जाली बस्ने १६ वर्षीय सन्तोष बुढामगरको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरबाट बिद्युतको तार लगि सोही ठाउँस्थित खोलामा करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी