२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । पछिल्लो समय नेकपा (एमाले) मा विवाद बढदै गएपछि पार्टी छोडनेहरुको लर्काे लाग्न थालेको छ । बाजुरा पार्टीको जिल्ला कमिटीभित्र पनि विवाद देखिएको हो । पार्टी विवादकै कारण एमाले बाजुरा जिल्ला कमिटी सदस्य सृष्टी रेग्मीले राजीनामा दिएकी छन् ।
उनले सोमवार पार्टी जिल्ला अध्यक्षलाइ एक निवेदन मार्फत राजीनामा दिएको बताइन् । रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाकी उपमेयर समेत हुन् । पछिल्लो राजनैतिक घटनाक्रम र परिवेशमा आफु एमालेको जिल्ला कमिटी सदस्य भएर काम गर्ने नसक्दै भन्दै उनले जिल्ला सदस्य पदबाट राजीनामा दिएकी हुन् ।
महाधिवेशन प्रतिनिधिमा आफुलाइ जसरी पनि नराख्ने पार्टी कमिटीले खेल खेलेको उनको आरोप छ । पार्टीमा युवाहरुलाइ स्थान नदिइएको पनि रेग्मीको भनाइ छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी