२०८१ मंसिर ६, बिहिबार
डोटी:
डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेक स्वास्थ्यचौकी भवन निर्माणमा संलग्न मजदुरले एक वर्षदेखि काम गरेको ज्याला पाएका छैनन् । भवन निर्माणको ठेक्का पाएको बाराही निर्माण सेवाले मजदुरलाई ज्याला नदिएपछि उनीहरु मारमा परेका हुन् । विसं २०७७ मा एक करोड ७० लाखमा भवन निर्माणको ठेक्का पाएको पिएस पिएस कन्सट्रक्शन प्रालि, सिलगढीले पेटी ठेक्का बाराही निर्माण सेवालाई प्रदान गरेको हो । निर्माण सेवाले भवन निर्माण सम्पन्न गरे पनि मजदुरलाई भने काम गरेवापतको रकम अहिलेसम्म दिएको छैन। भवनको काम सम्पन्न भई कार्यालय सञ्चालनमा आइसक्दा पनि ज्याला नपाएको स्थानीय जगत बिकले बताए । उनले भने, “भवन हस्तान्तरण भइसकेको छ, मजदुरको ज्याला बाँकी नै छ ।” मजदुरले दैनिक ४०० का दरले भवन निर्माणमा काम गरेका थिए । पूर्वीचौकी गाउँपालिका–२ का हीरादेवी ओली मजदुरले निर्माण कम्पनीविरुद्ध आन्दोलनको तयारी गरेको बताउँछिन् । पिएस कन्सट्रक्शनका प्रोप्राइटर प्रेमशङ्कर भट्टले बाराही निर्माण सेवाले ज्याला दिनुपर्ने बताए । उनले भने, “सम्पूर्ण खर्च निर्माण सेवाले नै तिर्नुपर्छ ।” प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले ज्याला नपाएको कसैले पनि प्रशासनमा उजुरी नदिएको बताए । घर नजिकै रोजगारी पाएपछि खुसी भएका स्थानीयवासी ज्याला नपाएपछि पीडित बनेका छन् । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी