२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ । दसौँं राष्ट्रिय कर दिवसका अवसरमा आज महेनद्रनगर स्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ । व्यवसायी श्रेष्ठलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र कार्यालयका प्रमुख कर अधिकृत पुष्कर न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । त्यसैगरी दिवसका अवसरमा कर्मचारीतर्फ कार्यालयका नायब सुब्बा भीम विष्टलाई सम्मान गरिएको छ । “ हरेक वर्ष कर दिवसमा बढी आयकर तिर्ने व्यापारी तथा व्यवसायीलाई सम्मान गरिँदै आएको छ” सम्मानित नासु विष्टले भने । चालू आर्थिक वर्षमा दुई अर्ब ७१ करोड कर सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले हालसम्म ६९ करोड दश लाख कर सङ्कलन गरेको जनाएको छ । “कोरोना कहरका कारण कर सङ्कलनमा गिरावट आएको छ” उनले भने,“कर सङ्कलनको दायरा पनि कोरोनाको अवस्था सामान्य बन्दै गएसँगै बढिरेहको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी