२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
कञ्चनपुरमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा युवाहरुको चासो तथा पार्टी प्रवेश गर्ने को लर्काे लाग्ने गरेको छ । वुधवार भीमदत्त नगरमा नेकपा (एकीकृत समाजवादी) को भब्य नगर भेलामा १ सय ८३ युवाले पार्टी प्रवेश तथा समाहित भएका छन् । नेपाली काँग्रेस, एमाले र जनता समाजवादी पार्टी र नवयुवाहरु एकिकृत समाजवादीमा आएका हुन् । केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज गरिमा शाहले टिका लागाएर पार्टीमा प्रवेश तथा स्वागत गरेकी थिईन् । पछिल्लो समयमा एकिकृत समाजवादीमा युवाशक्तिहरु प्रवेश गर्ने लर्काे नै लागेको केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज गरिमा शाहले बताईन् । एमाले पार्टी प्रतिगमनकारी, व्यक्तिवादी हावी हुँदै गएपछि पछिल्लो समय एमालेबाट प्रताडित भएर एकिकृत समाजवादी रोज्नेको लर्काे बडदै गएको उनले बताईन् । एमाले अब कम्युनिष्ट रहेन आफुहरुले विद्रोह गरेर बनाएको एकिकृत समाजवादी पार्टीलाई देशभरमा पहिलो पार्टी बनाउनको लागि सबैको साथ सहयोगको आवश्यक्ता रहेको उनले जिकिर गरिन् । आफनो पार्टी २०५४ सालको एमाले जस्तो नभएको र अबको भविश्य पनि समाजवादी पार्टीको नै रहेको भएर सबैले प्रतिगामन विरुद्ध एकजुट हुनु पर्ने औल्याँईन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी