२०८१ मंसिर ६, बिहिबार
म्हेन्द्रनगर:
सुदूरपश्चिमको प्रसिद्ध मेला डडेल्धुराको उग्रताराको देहीजाँत शुक्रवार लाग्ने भएको छ । उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला (देहीजाँत) शुक्रबार लाग्ने भएको हो । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार आज (बिहीबार) रतेडी र भोलि दिउसेडी हुने र कोरोना भाइरस संक्रमण जोखिमले गत वर्ष नित्यपूजामा सिमित देहीजाँत यस वर्ष भने पूर्णरुपमा हुने बताए । धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चार वटा गाउँबाट माता भगवतीको डोली सहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पुजन सुरु हुन्छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा उग्रतारा भगवतीको मन्दिर अवस्थित छ । उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तजन सँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ । उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका हो । चैते अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी