२०८१ मंसिर ८, शनिबार
दोधारा:
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपाल को सहकार्यमा दोधारा चा“दनीका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रम अघि बढाएको छ् । एक महिना अघि दोधारा चा“दनी नगरपालिका क्षेत्रमा आएको बिनासकारी बेमौसी बाढीको कारण दोधारा चा“दनी नगरपालिका वडा नं. १० शान्ती टोल, कुतियावकर, प्रधान टोल, सुर्खेती टोल, बैतिफा“टा लगाएत अन्य वडाका बस्तीहरुमा धनमालको ठुलो क्षती भएको हुदा नेपाल राष्ट्रिय समाज कल्याण संघ र डिसिए नेपाल को सहकार्यमा दोधारा चा“दनीका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रम अघि बढाईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुुमार सुनारले जनाएका छन् ।
५ सय घरधुरी बाढी पिडितलाई प्रति घरधुरी रु. ४ हजार ५ सय रुपि“या बराबरको भौचर मार्फत कृषी सहायता सामग्री उलब्ध गराईएन थालेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुुमार सुनारले बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपाल को सहकार्यमा दोधारा चा“दनी नगरपालिकाका बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद उपलब्ध गराईदै आएको उनको भनाई रहेको छ् । किसानहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद बितरणको लागी नजिक पर्ने न्यु शुभम वाशुलिङ्ग ट्रेडर्स एण्ड सप्लायर्स र सबिम एग्रो सेन्टर तोकिएको छ् । बाढी पिडित किसानहरुले उक्त कार्यक्रमले तोकिएको रकम बराबरको तोकिएको पसलबाट गहु“को बिउ, मसुरो दालको बिउ, तरकारीको बिउ, मटर दालको बिउ, चना दालको बिउ, मलखाद, फरुवा, कुटो, हसिया खरिद खरिद गर्न पाउने ब्यवस्था गरिएको छ् । हिजो बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रमको उद्धघाटन गरिएको दोधारा चा“दनी नगरपालिका कार्यालयले जनाएको छ् ।
बाढी पिडितहरुलाई कृषी सहयोग सामग्री तथा बिउ बिजन मलखाद सहयोग भौचर बितरण कार्यक्रमको उद्धघाटन सत्रमा दोधारा चा“दनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगरउपप्रमुख चिनी ओझा गिरी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का बिपद् फोकल पर्सन राजकुमार सुनार लगाएत वडाका जनप्रतिनिधी, राजनितिककर्मी, बाढी पिडित किसानहरुको उपस्थिती रहेको थियो । बिपद्को बेला नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालको टोलीलाई किसानहरुको मर्कालाई बुझेर सहयोग गरेको भन्दै बाढी पिडित, जनप्रतिनिधी, राजनितिककर्मी तथा स्थानियहरुले धन्यबाद दिएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले आगामी दिनहरुमा बिभिन्न दाताहरु संग सहकार्य गरि दोधारा चा“दनीका २ सय बाढी पिडितहरुलाई रु. ४ हजार ५ सय रुपि“या नगद आर्थिक प्रवाह गर्ने कार्यक्रम समेत रहेको बताईएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी