२०८१ मंसिर ९, आईतबार
काठमाडौं । पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने विधेयक पारित गरेको छ । पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो । विद्येयकमा लामो समयसमम्म बलात्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएको छ ।
उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियम बमोजिम स्वीकृत गरिएको छ । यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ ।’
पाकिस्तानमा बलात्कारको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । –बीबीसी
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी