२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन थालेका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले अध्ययनका क्रममा लामखुट्टे नियन्त्रणमा लिएर यहाँस्थित स्वास्थ्य कार्यालयमा ल्यावमा प्रभावकरिता अध्ययन गरिने बताए । “हामी हरेक वर्ष दुई पटक लामखुट्टे मार्ने विषादी र हरेक तीन वर्षमा किटनाशक झुल वितरण गरिरहेका छौँ”, उनले भने– “त्यसको प्रयोगले लामखुट्टे मर्छ की मर्दैन भनेर अध्ययन गर्न यो अभियान थालिएको हो ।” उनले बेलाबखतमा विभिन्न अध्ययन हुने गरेको भएपनि सो अध्ययन भने यहाँ करिब पाँच वर्षपछि हुन लागेको बताए । स्वास्थ्य कार्यालयमा स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालामा प्रभावकारी परिक्षण गरिनेछ । गत वर्ष मात्रै प्रदेश सरकारको लगानीमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो । उनले भने, “यो पटक अध्ययनको नेतृत्व सिनियर इन्टोमोलोजीष्ट शम्भूनाथ झाले गर्नुभएको छ ।” उक्त अध्ययन दश दिनसम्म सञ्चालन हुनेछ। उनले नमूनाका रुपमा भीमदत्त–९ र १० मा अध्ययन सुरु गरिएको जानकारी दिए । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी