२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका हुने भएको छ । जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ ।
दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणनाको काम सुरु गरिसकेको छ । छाङरु र तिकंर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लाग्ने पाण्डेले बताए ।
चिसो छल्न तिकंरबासी बेँसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ। जनगणना अधिकृत पाण्डेले भने । केहि स्थानीयहरु चिसो छल्न बेँसी झरिसकेको खबर सुन्नमा आएको छ, त्यहाँका गणक राजेन्द्र कार्की हिड्न नसक्ने भएपछि खलंगामै छन, गणक खटाएर बेँसी झरेका स्थानीयहरुको गणना खलंगामै गरिनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी