२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । बाजुरामा नगर प्रमुखको लागि स्थानयिले जुत्ता चप्पलको गेट बनाएका छन् । त्रिबेणी नगरपालिका ७ का स्थानीयले त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावललाई स्वागतको लागि जुत्ता चप्पलको गेट बनाएको हुन् ।
त्रिबेणी नगरपालिका ७ खिरपाटामा आएका योजनाहरुको बजेट काटेको र योजना काटिदिएको बिरोधमा खिरपाटा बासीले बिरोध स्वारुप उक्त योजना बनाएको स्थानियले बताए ।
हामिले मेयरलाई स्वागतको लागि कालो झण्डा जुत्ता र चप्पलको गेट बनाएका थियौ । मेयरले उक्त सूचना पाएपछि नेपाली काग्रेँस बाजुराका सभापती समेत रहेका मेयर रावल जंगलको बाटो हुदै भागेका स्थानीयले बताएका छन ।
त्रिबेणी नगरपालिकाको ६ मा नेपाली काँग्रेसको चियापान कार्यक्रममा जानेक्रममा नगर प्रमुख रावललाई खिरपाटाबासीले बाटोमा जुत्ता चप्पलको गेट र कालो झण्डाले स्वागत गर्ने गरि तयारी थालेको सूचना पछि मेयर रावल भागेका स्थानियले बताए ।
मेयर रावलले वडा पालिकाबाट सिफारीस भएर नगरमा पास गरेका कैलाशमाण्डौ पन्धारा सडक, खिरपाटा खानेपानी योजना, ओखड खोला लगाएतका योजनको ५० लाख बजेट काटिदिएको आरोपमा गाउँबासीले बिरोध गरेको खिरपाटाका स्थानीयले बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी