२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । बैतडीका लेन्थवर्करले विगत २ वर्ष देखी पारिश्रमिक नपाएको भन्दै पुनः अनशन सुरु गरेका छन् । बैतडीमा ७ दिनदेखि लेन्थवर्कर अनसनमा बसेका हुन् । बैतडीको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने १२ जना लेन्थवर्करहरुले गएको दुई बर्षदेखि पारिश्रमिक नपाएको भन्दै यही मंसिर १ गतेदेखि अनसन शुरु गरेका थिए ।
बैतडीको पाटन –पञ्चेश्वर सडकका लेन्थवर्कर गएको सातदिन देखि अनसनमा बसेका भएपनि उनीहरुका माग सम्बोधनका बिषयमा छलफल भएको छैन् । आज सम्म माग सम्बोधन गर्ने हिसाबले छलफल गर्ने भनेको भएपनि कसैले चासो नदिएको लेन्थवर्कर जयराम भुलले जानकारी दिए ।
पाटन –पञ्चेश्वर सडकको जिरो पोइन्टमा अनसन बसेका लेन्थवर्कहरुले माग पूरा नभएकाले दैनिक सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । ‘हामीलाई आज सम्म केही निकास निस्किन्छ भन्ने आश्वासन दिएको थियो । तर अहिले सम्म कुनै पहल भएको छैन् । त्यसैले हामीले अब सडक अवरुद्ध गर्छौैं ।’लेन्थवर्कर घनश्याम भट्टले भने, ‘प्रदेश सरकारले हाम्रो रोजीरोटीमाथि लात हानेको छ ।
हामी पीडित भएर सडकमा पुगेका हौं । हाम्रो माग सम्बोधनका लागि कसैले पहल गरेका छैनन् ।’ लेन्थवर्करहरु गएको असार पनि २१ दिन लामो अनसनमा बसेका थिए । त्यो बेला उनीहरुका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको भएपनि माग सम्बोधन नभएको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् ।
पाटन–पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करका बिषयमा अहिले सम्म कुनै निती नबनेकाले जिल्ला तहबाट उनीहरुका माग सम्बोधन गर्न सकिने अवस्था नरहेको पूर्वाधार विकास कार्यालयका बैतडीका निमित्त प्रमुख रामचन्द्र खत्रीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी