२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रचण्डले ‘खलनायक’ को आरोप लगाएका छन् । ‘कम्युनिष्टलाई एक गरे पछि देशमा राजनीतिक स्थायित्व भएर छिटो छिटो विकास होला भन्ने सपना देखेको थिए,’ प्रचण्डले भने, ‘केपी ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाए । तर ती नायक होइन, खलनायक परेछन् ।’
प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि प्रधानमन्त्री भन्दा कम नभएको दावी गरेका छन् । कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि कैलाली आएका प्रचण्डले भने, ‘हुन त प्रधानमन्त्री त म होइन् । तर, प्रधानमन्त्री भन्दा कम पनि छैन् । अर्थमन्त्रालय हामीसँगै छ ।
अध्यक्ष दाहालले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताएका छन् । ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी गरेका छन् ।
भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ । युवाहरुको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ । यसपाली केपी ओलीको जस्तो हुँदैन् उनले भने,।’
गठबन्धन आवश्यक रहेको बताएका छन् । जसले जे भने पनि गठबन्धन आवश्यक रहेको बताएका हुन् । काँग्रेसका नेताहरूले गठबन्धन आवश्यक नरहेको बताउन थालेका छन् । गठबन्धन त चाहिन्छ भन्ने छ । गठबन्धन तोड्ने त्यस्तो नि कहीँ हुन्छ र ? गठबन्धनले मजाले प्रधानमन्त्री हुन पाइएको छ । मन्त्री बन्न पाइया छ । सरकार चलाउन पाइया छ । अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ ? त्यो कहीँ कतै मिल्ने कुरै हैन नि त्यो ।’’ उनले भने ।
सङ्घीय सरकारमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एस लगायतका पाँच दलको गठबन्धनको सरकार रहेको छ । भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी