२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक पुरुषको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका ७ को सुनपाल सामुदायिक वनमा शिकारको लागि विच्छाएको विद्युतीय धरापको पासोमा परेर सोही वडाका करिब ५५ वर्षका देव बहादुर बोहराको मृत्यु भएको हो ।
शिकारी समूहले वन्यजन्तुको शिकार गर्न विच्छाएको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको हो । मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक राम सिं कार्कीले जानकारी दिए ।
मृतक शिकार गर्न जाने क्रममा विद्युतीय पासोमा परेर मरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । तार ११ केभी प्रसारण लाइनबाट हुक गरेर १ किलोमिटर वन क्षेत्रमा विच्छाएको फेला परेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी