२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाता भन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो ।
कुल मतदाता संख्या ७ सय ६४ रहेको क्षेत्र १ मा ७ सय ५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४ सय १७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७ सय ७५ पुगेको उम्मेदवारहरूले बताएका छन् । खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए ।
नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशन अन्तर्गतको चुनावको मतगणना भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी