२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । कञ्चनपुर भेटिरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा नयाँ सेवा सुविधा सहित भवनको समुदघाटन गरिएको छ । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम मन्त्री बिनिता चौधरीले विहिवार समुदघाटन गरेकी हुन् ।
स्थानिय किसानहरुको आवस्यक्ता तथा बढदै गएको पशुपंक्षीमा किसानको लगावलाई मध्ये नजर गर्दै बिरामी भएपछिका उपचारमा सहजता होस भन्ने उदेस्यले भेटिरिनेरी अस्पतालमा अल्ट्रासाउण्ड र ऐक्सरे मसनि पनि जडान गरिएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम मन्त्री चौधरीले बताईन् ।
नव निर्मित भवनको समुदघाटन सहित अब देखी पशुपंक्षीहरुको उपचारमा सहजता होस भन्ने हेतुले र किसानहरुको चाहना अनुरुप समस्या समाधान गर्न भेटिरिनेरी अस्पतालमा उक्त मेसिनहरु जडान गरिएको उनले बताईन् ।
किसानहरुले आफना पशुपंक्षीहरुलाई सेवा दिनतथा स्वस्थ्य राख्नको लागि सदैव आफुले बिचार गर्ने तथा आवस्यक्ता परेका उपकरणहरु फेरी थप गर्ने उनले जिकिर गरिन् ।
व्यावसायिक रुपले पशुपंक्षीहरुको क्षेत्रमा काम गरिरहेका किसानहरुलाई सहज बनाउनको लागि नयाँ प्रबिधीयुक्त मसिनहरु जाडन गरिएको र आफनो योजनामा कृषि क्षेत्रमा लागेका किसानहरु सदैव प्राथमिक्तामा पर्ने भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम मन्त्री चौधरीको भनाई थियो ।
भेटिरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा मात्रै अल्ट्रासाउण्ड सेवा नभएर किसानहरुको घरघरमा लैजान मिल्ने सहितको अत्याधुनिक मसिन भएकाले किसानहरुलाई बढी सेवा लिन फाईदा पुग्ने कार्यालयका प्रमुख डा. पानसिंह ठगुन्नाले बताए ।
उक्त भवन भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमबाट ३४ लाखको लागतमा निर्माण भएको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी