२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । छाङ्गरु र तिङ्करमा जनगणना गर्न गएका गणकलाई हेलिकोप्टरमार्फत खलंगा ल्याईएको छ । दार्चुलाको व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा जनगणना गर्न गएका गणक टोलीलाई हेलिकोप्टर मार्फत सदरमुकाम खलंगा झारेको हो ।
भौगोलिक कठिनाइ चिर्दै जनगणनाका लागि व्याँस पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीलाई बिहीवार सुर्खेतबाट आएको हेलिकप्टरले खलंगा ल्याएको हो । व्याँसबाट खलङ्गा आउन बाटो जोखिमपूर्ण हुदाँ हेलिकोप्टरको माग गरिएको थियो ।
छाङ्गरु र तिङ्करमा जनगणना गर्न शुक्रवार सहायक जिल्ला जनगणना अधिकारी कार्की र एक जना सहयोगी साथमा लिएर खलंगाबाट हिडेका थिए । उनले तीन दिनमा छाङ्गरु र तिङ्करको गणना गरेका छन् ।
तिङ्करका बासिन्दा त्यहाँबाट बसाइ सरि खलंगा आएकाले उनीहरुको जनगणना सदरमुकाममै हुने जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । भारतले गणकलाई छाङ्गरु जान बाटो नदिएपछि नेपालकै भूमी भएर गणक टोली व्याँस गएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी