२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर ।
सिभिल बैंक कञ्चनपुर शाखाले आफनो ११ औँ वार्षिकोत्सव मनाएको छ । शुक्रवार आफनो बैंकको ११ औँ वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको बैंकका व्रान्च म्यानेजर निरज भटटले जानकारी दिएका छन् । संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डेको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथ साथै विविध कार्यक्रमहरुको आयोजना गरी जनाले रक्तदान गरेको उनले बताए । आज १० बैंकले प्रधानकार्यालय लगायत देशै भरिका शाखाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग“एक घण्टी झ््याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका थिए । रक्तदान कार्यक्रममा देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे । साथै जेहन्दार छात्रालाई छात्रवृतिकार्यक्रम – देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्नतथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना हुनगईरहेको जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५,००० प्रदान गरिने कार्यक्रम रहेको ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी