२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४ औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । गृह जिल्ला डोटीमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका शाहीले सुदृढ र सशक्त काँग्रेस बनाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका हुन् । “अब पार्टीमा युवा जोसको पनि खाँचो छ । लामो समय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेकाले अब पार्टीको मूल नेतृत्वमा आएरै जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले मैले उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने, । उनले सधैँ आफू जनताको सेवामा नै समर्पित हुने बताएका छन् ।
काँग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै सधैँ आफू त्यसको पक्षमा रहने उनले बताए । काँग्रेसको प्रदेश महाधिवेशन मंसिर १६ देखि १७ गतेसम्म कैलालीमा हुने भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी