२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटीले मतान्तर फराकिलो पार्दै पछिल्लो पटक अग्रता कायम राखेका छन् । १ हजार मत गणना हुँदाको परिणाम हेर्दा बोगटीले ५ सय ११ मत प्राप्त गदै प्रतिस्पर्धि बहादुर सिह थापा संग अग्रता कायम राखेका छन् ।
उनका प्रतिस्पर्धी थापाले ४ सय ६४ मत ल्याएका छन् । ४७ मत अन्तरले अग्रता बनाएका बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् । थापालाई एनपी साउद समूहले सघाएको थियो । सुरुवाती २ सय मत गणनामा थापाले ‘लीड’ गरेपनि त्यसपछि बोगटीले अग्रता बनाउदै आएका छन् ।
उपसभापतिमा शंकरबहादुर चन्दले ३ सय ९४, मीनबहादुर सिंहले ३ सय ९२, हरिचन्द्र रानाले ३ सय ८५ र दिवाकर पाण्डेयले ३ सय ६० मत प्राप्त गरे । सचिबमा सिद्धराज भट्टले ३ सय ७४, हेमराज ओझाले ३ सय ५४, भिमराज भट्टले ३ सय ६८, जनक धामीले ३ सय ५६ र तर्कराज भट्टले ७४ मत पाएका छन् ।
सहसचिवमा नाफुसिंह साउदले ३ सय ६४ पुष्कल चौधरीले ३ सय ५७, कबिराज भट्टले ३ सय ३०, हरिप्रसाद अधिकारीले ३ सय १६ र कलकबहादुर सिंहले १ सय ५६ मत प्राप्त गरेका छन् । कूल १ हजार ६ सय १८ मा १ हजार ५ सय ७१ मत खसेको थियो । ८ सय मत गणना भइसकेको छ । अब ७ सय ७१ मत गणना हुन बाँकी रहेको छ । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी