२०८१ मंसिर ६, बिहिबार
काठमाण्डौँ । नेकपा (एमाले) को जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलको पर्चा बाँड्न रोक लगाइएको छ । आइतबार बिहान चितवनको सौराहास्थित बन्दसत्र हलबाहिर केही कार्यकर्ताले उनको पर्चा बाँडिरहेका थिए । तर, पार्टीका स्वंयसेवकहरूले पर्चा बाँड्न रोक लगाएका हुन् ।
पर्चामा रावलको तस्बिरसहित ‘अध्यक्ष पदमा मेरो उमेदवारी किन ?’ लगायत लेखिएको छ । रावल आफैँले भने पर्चा बाँडेका होइनन् । कार्यकर्ताले पर्चा बाँडिरहँदा उनी त्यहाँ थिएनन् ।
एमालेको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास जारी छ । रावलले भने अध्यक्षमा उमेदवारी दिने र पछि नहड्ने अडान कायम राखेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी