२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
नेकपा एकिकृत (समाजवादी) कञ्चनपुरले आफनो संगठन विस्तारमा तिव्रता दिएको छ । सोमवार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ४ मा आफनो संगठन बिस्तार गरेको हो । दोधाराचाँदनी नगरमा नन्दलाल सुनारको अध्यक्षतामा ४७ सदस्यीय नगर कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादीका जिल्ला उपससचिव राजेन्द्र पाण्डेयले बताएका छन् । उपाध्यक्षमा सुकदेव धामी, महिला उपाध्यक्षमा खेमकुमारी बुढाथोकी, सचिवमा महानन्द भट्ट, सहसचिवमा डम्बर पन्त, उपसचिवमा मानबहादुर सुनार र नरबहादुर सुनारलाई चयन गरिएको उनले बताए । दोधाराचाँदनी नगरपालिका–४ मा आयोजित भेलाले सर्वसम्मनत नगर नेतृत्व चयन गरेको हो । साथै सो पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ । ‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’अध्यक्ष माधवकुमार नेपालले २३ बुँदे अन्तरपार्टी निर्देशन (अपानी–२) जारी गर्दै निर्देशन दिएका छन् । एमाले पार्टी प्रतिगमनकारी, व्यक्तिवादी हावी हुँदै गएपछि पछिल्लो समय एमालेबाट प्रताडित भएर एकिकृत समाजवादी रोज्नेको लर्काे पनि बडदै गएको समयमा आफनो संगठन विस्तारलाई तिव्रत दिईने नेकपा एकीकृत समाजवादीका जिल्ला उपससचिव पाण्डेयले बताए । सदस्यहरुमा, धनविर आग्री, लक्ष्मण धनाडी, पानसिंह ठगुन्ना, विरसिंह सुनार, लिलबहादुर कसेरा, धनबहादुर सुनार, शंकरदत्त भटट, चन्द्र लुहार, जमुनादेवी जोशी, कमला सावद, प्रेम सुनार, गणेश सुनार, रगी लुहार, बलबहादुर सुनार, हिरा सुनार, जनकराज भटट, धनमती सुनार, मानबहादुर सुनार, वेले कामी, प्रेमबहादुर सुनार, पदमबहादुर कामी, रतनबहादुर सुनार, कुलबहादुर सुनार रहेका छन् । यसै गरी,राज सुनार शान्ति सुनार, कलावती जोशी लक्ष्मि चन्द, गिता दमाई आशा दमाई, पार्वती चदारा, लिलादेबी सुनार, परे धानुक, तारा धानुक, कैलाश भटट, धरम सिंह धामी, बसन्त सुनार , कर्ण कठायत, जयराम सुनार, मांगले सुनार, करे सुनार रहेका |
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी