२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर
शुक्लाफाँटा बन्यजन्तु आरक्ष (निकुञ्ज) बाट विस्थापित भएका पीडितहरुले मंगलवार जिल्ला प्रसाशन घेराउ गरेका छन् । न्यायिक पूर्नस्थापनको माग अघि सारेर कञ्चनपुरका आरक्षपीडित आन्दोलित भएका हुन् । उनीहरुले लामो समयदेखि पूर्नस्थापना गर्न सरकारले आलटाल गरेका कारण सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् । गत शनिबारदेखि आन्दोलनमा उत्रिएका आरक्षपीडितले मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेटमा प्रर्दशन तथा धर्ना दिएका छन् ।
तत्कालिन शुक्लाफाँटा बन्यजन्तु आरक्ष(निकुञ्ज) विस्तार गर्दाका बखत हालकै प्रधानमन्त्री शेर बहादुर देउवा रहेको र उनी पटक पटक प्रधानमन्त्री हुँदा समेत आफ्नै प्रदेशका जनताको समस्यामा गम्भिर नभएकाले समस्या समाधानको साटो झन लम्बिएको पीडितको दुखेसो छ । विभिन्न सरकारी कार्यालय हुँदै प्रशासनको मुल गेटमा प्रर्दशन एव कोण सभा गरेका पीडितले सरकारले पीडित नागरिकको पूर्नस्थापना गर्न आलटाल गरेका भूमिहिन हुनुपरेको बताएका छन । कृष्णपुर नगरपालिका १ सुन्दरफाँटाकी पीडित बसन्ती सुनारले विस्थापित भएदेखि दैनिक खातमुख जोर्न समस्या भएको बताईन् । ‘हाम्रो जमिन थियो, ‘सरकारले ०५८ सालमा खोस्यो, अहिलेसम्म पूर्नस्थापना गरेको छैन ।’ तत्तकालिन रौलेतीविचुवाबाट विस्थापित हिम्मत बहादुर शाहीले पीडितप्रति सरकार गम्भिर नभएका कारण आज २०बर्षपछि बाध्य भएर आन्दोलन गर्नु परेको बताए । ‘हामी सानै हुँदा सरकारले हामीलाई विस्थापित गरेको थियो, ‘उनले भने, ‘हामी ठुला भईसके अहिलेसम्म पूर्नस्थापना गर्न कुनै पहल गरेको छैन ।’ कृष्णपुर नगरपालिका २ वाणिका आरक्षपीडित प्रेमदत्त भट्टले अहिलेसम्म निर्माण भएका आयोग मध्ये बम आयोगले पीडितको हितमा ल्याएको प्रतिवेदन राम्रो भएको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी