२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । बझाङमा शिक्षकहरु महाधिबेशनमा तिर लागेपछि अधिकांश विधालयहरु बन्द भएका छन् । तलकोट गाउँपालिकामा रहेका अधिकाश बिद्यालयहरु ७ दिन देखि बन्द भएका हुन् ।
त्यहाँका शिक्षक महाधिवेशन तिर लागेपछि गाउँपालिकाका ३० वटै बिधालय बन्द भएका छन् । धनगढीमा जारी काङग्रेसको चौधौँ महाधिवेशनका लागि कोही शिक्षक अधिवेशन तिर गएपनि,कोही शिक्षक चाहिँ गाउँपालिका नजिकै तलब वृद्धिको लागी धर्ना कार्यक्रम गरिरहेका छन् ।
बझाङको तलकोट गाउँपालिकामा सबै विद्यालयहरु बन्द भएको बताइएको छ । अधिकांश शिक्षक काङग्रेसको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको तलकोट गाउँपालिकाका स्थानीय ब्यक्ति प्रकाश धामीले बताए ।
विद्यालयमा अब परिक्षा सञ्चालन हुनेबेला विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको धामीले बताए । शिक्षकहरू खुलेर राजनीतिमा लाग्दा शिक्षा क्षेत्रसमेत बदनाम तथा प्रभावित भएको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी