२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
जिल्ला प्रहरी कार्यालय कैलालीले भारतबाट शौतेलो छोरा मार्ने आमालाई पक्राउ गरेको छ । धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेकी सौतेनी आमालाई सार्वजनिक गरिएको हो । उपमहानगरपालिकाको २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान्त थापामगरको हत्या आरोपमा पक्राउ परेकी उनकी सौतेनी आमा माघी रोकायालाई प्रहरीले सार्वजनिक गरेको हो । रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले भारतीय प्रहरीको सहयोगमा उनलाई हरियाणाको रोहतक प्रेम चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । निशान्त सौतेनी आमा रोकायासंगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए । उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया फरार भएकी थिइन् । रोकायाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी