२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
नेकपा एकिकृत समाजवादी कञ्चनपुरले भीमदत्त नगर कमिटीको पूर्ण वैठक सम्पन्न गरेको छ । शुक्रवार सम्पनन वैठकले २७ सदस्य सचिवालय गठन गरेको छ । साथै अहिले सम्म बसेको वैठकबाट गरिएका निर्णयहरु अनुमोदन पनि गरिएको जिल्ला उपसचिव तथा भीमदत्त ईन्चार्ज राजेन्द्र पाण्डेयले जानकारी दिएका छन् । “नेकपा (एकीकृत समाजवादी) ले ३ महिना भित्र संगठन विस्तार अभियान थालेको छ ।” उनले भने, “पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।” साथै, भीमदत्त नगर कमिटीको पूर्ण वैठकले २५ गते सम्म नगर भित्र रहेका सम्पुर्ण वडा तथा टोल कमिटी गठन गर्ने पनि निर्णय गरिएको जिल्ला उपसचिव तथा भीमदत्त ईन्चार्ज पाण्डेयले जानकारी दिएका छन् । एमाले पार्टीमा प्रतिगामी तत्वले सर्वेसर्वाह प्रवती हावी भएको र संविधानको मर्म भावना माथी प्रहार गर्ने नैतिक पतन भएका व्यक्तिको विद्रोह गरेर एकिकृत समाजवादी जन्मिएको उनले जिकिर गरे । ‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर ग्रिने सहभागीले बताएका थिए । नगर कमिटी अध्यक्ष मदन सेरालाले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए भने, प्रमुख अथितीमा केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला सहईन्चार्ज माया पन्त रहेकी थिईन् । यसै गरी, अतिथीमा केन्द्रिय सल्लाहाकार परिषद सदस्य प्रताप तिरुवा, गणेश धामी, डा.कविन्द्र चन्द, जिल्ला कमिटी सचिव हरकसिंह धामी, उपसचिव तथा भीमदत्त ईन्चार्ज राजेन्द्र पाण्डेय लगायत रहेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी