२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
समाजसेवी तथा वृद्धा आश्रम संचालिका कञ्चनपुरका शारदा चन्द र आन्नदी राना राष्ट्रिय जेष्ठ नागरिक महासंघमा निर्वाचित भएका छन् । चन्द महासंघको केन्द्रिय उपाध्यक्षमा र राना सदस्यमा निर्वाचित भएका हुन् । बुटवल मा मंसिर १८,१९ र २० मा सम्पन्न जेष्ठ नागरिक राष्ट्रिय माहासंध आठौं महाधिवेशनमा दुवै जना निर्वाचित भएका हुन् । आफलाई थप जिम्मेवारी हौसला प्रदान भएको चन्दले बताईन् । देशै भरीका वृद्धवृद्धाहरुको माया सदभाव र आर्शिवादले आफुमा थप नयाँजोश जाँगर जिम्मेवारी को साथमा उनीहरुको हक अधिकारको लागि अन्यायमा परेका निमुखा पिछडिएको सबै को लागि सदैव कर्मठ निष्ठावान भएर सामाजिक क्षेत्रमा लागि पर्ने जिकिर गरिन् । १ सय ६५ भोट खसेकोमा चन्दले १ सय १६ मत प्राप्त गरेर विजयी भएकी थिईन् । सुदूरपश्चिमबाट पहिलो पटक प्रतिनिधित्व भएको अवस्थामा अन्य ३ जना सदस्यमा निर्वाचित भएका छन् । बझाङबाट खडक खडका, डोटीबाट लक्ष्मी श्रेष्ठ र कञ्चनपुरबाट आन्नदीराना पनि निर्वाचित भएका छन् । चन्द विगत २६ वर्ष सुदूरपश्चिममा सामाजिक क्षेत्रमा सक्रिय भएर लाग्नु भएको छ, साथै १५ वर्ष देखी वृद्ध आश्रम संचालन गरेर आफनो आफन्तबाट पिडित भएका सडकमा लावारिस अवस्थामा रहेका मानवहरुको उद्धार गरी आफनो आश्रममा आश्रय दिदै आएकी छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी