२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी कञ्चनपुरले कृष्णपुरमा नगरपालिकाको प्रथम नगर भेला सम्पन्न गरेको छ । मंगलवार सम्पन्न भेलाले ६१ सदस्य पालिका स्तरको संगठन विस्तार गरेको हो । नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव तथा भीमदत्त ईन्चार्ज राजेन्द्र पाण्डेयले समाजवादीले कृष्णपुरका प्रथम अधिवेशन गरेर संगठन विस्तार गरेको जानकारी दिएका छन् । उनका अनुसार प्रथम नगर भेलाबाट दिवान सिह कार्कीको अध्यक्षमा एकिकृत समाजवादी पार्टी कृष्णपुरको नगर कमिटि विस्तार गरिएको बताए यसैगरी, उपाध्यक्ष नवराज बुढा, उमाकान्त जोशी, सचिव कृष्ण बहादुर भण्डारी, उपसचिव भुवन कार्की, जानकी कुँवर (ढाँट), केशव नाथ र कार्यालय सचिव कविन्द्र थापा(काजी)लाई चयन गरिएको छ । सदस्यहरुमा चन्द्रादेवी भण्डारी, टेकराज भण्डारी, जानकी बोहरा विमला श्रेष्ठ, गणेश धामी, तिलक सावद दलबहादुर सावद, गणेश बहादुर बोहरा, मंगली चौधरी, शम्भु रोकाया, करन चन्द, शुसिलादेवी थापा, कविराज थापा, पुर्ण बहादुर थापा, नरपता खडका, ईन्द्रा ओड, मिनादेवी ओड, रहेका छन् । यस्तै, जलुदेवी विक, योगेश्वरी धामी, मिलन चौधरी, लिलाधर चौधरी करिश्मा चौधरी,मोहन बोगटी, मदन नेपाली , करन चद, मोहन सिंह धामी, दुरा लुहार, विन्दु देवी चौधरी, जयराम तिरुवा,हर्कबहादुर चन्द , मानबहादुर चन्द, धना ठगुन्ना, गोमती चन्द, चक्र बहादुर चन्द, केशव नाथ, रामबहादुर चौधरी, नारायण चौधरी, मानबहादुर चन्द, गणेश रावत, सुरज नाथ, हर्कबहादुर बम, विष्णु जेठारा, महेश भण्डारी,भरत खडका, लक्ष्मण सिंह भण्डारी, प्रेम शाह, विरबहादुर कार्की, राजु ार्की, लक्ष्मण कैनी, पार्वती पार्की, शानु नेपाली, हरीलाल ऐर, कमला देवी देउवा रहेका छन् समाजवादी कृष्णपुरको नवनिर्वाचित कमिटिलाई नेकपा सुप प्रदेशका अध्यक्ष विक्रम शाहीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा अध्यक्षता जिल्ला कमिटी सदस्य कृष्णपुर नगर ईन्चार्ज नवराज खडका रहेका थिए भने, प्रमुख अथितीमा नेकपा एकिकृत समाजवादी पोलिट ब्युरो सदस्य तथा प्रदेश अध्यक्ष विक्रम शाही बिशिष्ट अथितीमा प्रदेश उपसचिव दिर्घ सोडारी, प्रदेश उपसचिव तारालामा तामाङ कञ्चनपुर ईन्चार्ज लालबहादुर खडका, केन्द्रिय सल्लाहकार परिषद सदस्य प्रताप तिरुवा, जिल्ला अध्यक्ष जिवनराज थापा, जिल्ला सचिव हरक सिंह धामी, जिल्ला उपसचिव राजेन्द्र पाण्डेय, प्रदेश कमिटी सदस्य खेम भण्डारी, विनोद नेपाली, लेखा आयोग का सुरेन्द्र केसी, केन्द्रिय निर्वाचनका विरबहबादुर बुढा लगायतको उपस्थितीमा नगर भेला सम्पन्न भएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटि गठन गरिने जनाइएको छ । मंसिरमा सबै पालिकामा संगठन बिस्तार गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अगाडी बढाइने जनाईएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी