२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कैलालीमा ‘धार्मिक र सांस्कृतिक महत्वका स्थानमा नित्य पूजा÷पाठ, आराधना बाहेकका भेला र उत्सव गर्दा भीडभाड गर्न नपाईने भएको छ । जिल्ला कोभिड संकट व्यबस्थान केन्द्र (डिसीएमसी) को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि कैलालीमा भिडभाडमा रोक लगाएको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् । नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि डिसीएमसीको बैठक बसेको जिल्ला प्रशसन कार्यालय कैलालीले जनाएको छ । कार्यालयका सूचना अधिकारी जोशीका अनुसार बैठकमा विगतका निर्णय कार्यान्वयनका विषयमा समिक्षा भएको छ । ‘धार्मिक र सांस्कृतिक महत्वका स्थानमा नित्य पूजा÷पाठ, आराधना बाहेकका भेला र उत्सव गर्दा भीड नगर्न जिल्ला प्रशासन कार्यालय मार्फत सूचना जारी गर्ने निर्णय भएको छ;’ उनले भने, ‘ जनस्वास्थ्य कार्यालयसंग समन्वय गर्दै कोरोना विरुद्धको खोप लगाउन बाँकी नागरिकलाई खोप लगाउन स्थानीय तहलाइ अनुरोध गर्ने पनि निर्णय भएको छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी