२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
कञ्चनपुरमा पत्रकारहरुलाई आचारसंहिता जागरण र मिडिया प्रतीको जनगुनाशो सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । बिहिवार बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपश्थितीमा प्रेस काउन्सिल नेपालले पत्रकार महासंघ शाखा कञ्चनपुरको समन्वयमा आयोजित उक्त कार्यक्रमका सहभागि सरोकावाला निकायले सबै पत्रकारहरुले आचार संहिता पालना गर्दै आवाज विहिनहरुको आवाज बन्नुपर्ने जिकिर गरेका छन् ।
प्रमुख अथितीमा रहेका प्रमुख जिल्ला अधिकारी रामकुमार पाण्डेले सत्यतथ्य खोज गरेर समाचार सम्पे्रषण गर्नु पर्ने बताए । पछिल्लो समयमा बिभिन्न अनलाईन मिडियाहरुले आचारसंहिताको पालना नै नगरिकन चरित्र हत्या नै हुने गरी समाचार बनाएर एकोहोरो समाचार बनाएर बदनाम गर्ने जस्तो परिपाटी मौलाउदै गएकाले ति समाचार माध्यमहरुलाई कार्वाही गरी बन्द गरिनु पर्ने सहभागीहरुको भनाई रेहको थियो ।
भीमदत्त नगरकी उप प्रमुख शुशिला सिंहले पनि समाचार बनाउदा अनैतिक फोटो हाल्ने, आफनो बिचार नराखेको कुरालाई बढी उठान गरेर समाचार बनाउने जस्ता कार्यले पत्रकारहरुको पेशामा आँच आउने खालका क्रिायकलापले गर्दा सिंगो पत्रकारहरुको पेशा शंकटमा पर्ने भएकाले आचार संहिता आवस्यक रहेको जिकिर गरिन् । कार्यक्रममा सहभागी पत्रकारहरुले मोफसलमा रहेका सबै पत्रिकाहरुलाई समान सेवा सुविधा दिने वातावरणको निर्माण गरिदिन आग्रह गरेका छन्। जिल्लामा रहेका पत्रिकाहरुको केन्द्र बाट प्रकाशन हुने पत्रिकासंग तुलना गर्न नमिल्ने भएकाले सेवा सुविधा पत्रिका वर्गिकरणमा पनि एकरुपता हुनुपर्ने माग गरेका छन् । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता क्षेत्रले छोटो समयमा अभुतपूर्व विकास गरेको जिकिर गरे, यस्तो विकासलाई दिगो टिकाउ र प्रभावकारी बनाउँदै राष्ट्र र जनताको पक्षमा रहेर पत्रकारिताको क्षेत्रबाट हामी पत्रकारहरुले अहम भुमिका निभाउनु पर्ने बताए । कार्यक्रमको अध्यक्षतामा पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधाव सिह धामी प्रमुख अथितीमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, भीमदत्त नगरपालिकाकी उपप्रमुख शुसिला चन्द सिंह, प्रमुख जिल्ला अधिकारी रामकुमार पाण्डे, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक उमाप्रशाद चतुर्वेद, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक विरेन्द्र ऐर र जिल्लामा रहेकाछापामाध्यम रेडियो, टेलिभिजन, अनलाईन मिडियाका पत्रकारको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी